Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कांग्रेस चितवनका पूर्व सभापति विकाश कोइरालाको आज चियापान कार्यक्रम, कांग्रेसभित्र खैलाबैला

कांग्रेस चितवनका पूर्व सभापति विकाश कोइरालाको आज चियापान कार्यक्रम, कांग्रेसभित्र खैलाबैला

images

इच्छाकामना न्युज

१६, कार्तिक २०७९
कांग्रेस चितवनका पूर्व सभापति विकाश कोइरालाको आज चियापान कार्यक्रम, कांग्रेसभित्र खैलाबैला
images

चितवन । नेपाली कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले आम निर्वाचनलाई लक्षित गरी आज भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेका छन् । उद्योग वाणिज्य संघ नारायणगढमा दिउँसो १ बजे हुने भनिएको कार्यक्रममा शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा अन्तरसंवाद गर्ने भनिएको छ ।

२०७० सालको निर्वाचनमा चितवन–४ का उमेदवार कांग्रेसका केन्द्रिय सभापति सुशिल कोइराला विरुद्ध बागी उमेदवारी दिएपछि कोइरालाई पार्टीबाट निश्कासन गरिएको थियो । पार्टीबाट निश्कासित भएपनि जिल्लामा कोइरालाको प्रभाव अझै पनि छ । उनको कारबाहीको समयसिमा २०७६ मा नै सकिएपनि कारबाही फुकुवा अझै भएको छैन । कोइरालाको कारबाही फुकुवा गरी क्रियाशिल सदस्यता नविकरण गरिदिन कांग्रेसको जिल्ला कार्य समितिले २०७६ चैत ६ गते केन्द्रिय समितिलाई पत्राचार गरेको थियो ।

अष्ट्रेलियामा दुई महिना बसेर हालै मात्रै स्वदेश आएका पूर्व जिल्ला सभापति कोइरालाले सार्वजनिक गरेको निमन्त्रणामा ‘शुभकामना आदानप्रदान तथा चियापान’ भनिएको छ । उनको चियापान कार्यक्रमले कांग्रेसभित्र भने तरंग पैदा भएको छ । अनुशासनको कारबाही भोगिरहेका कोइरालाले चितवन ३ मा गठबन्धनका विरुद्ध स्वतन्त्र उमेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने अनुमान गरिएको छ । कोइरालाको चियापान कार्यक्रमले आगामी निर्वाचनलाई असर पुग्ने चितवन कांग्रेसको आशंका छ ।

 

images
प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - ०८:१८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology