Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

विकासका लागि भिजन भएको नेता उमेश श्रेष्ठ पाउनु हामीले भाग्यमानी ठानेका छौ : कांग्रेस नेतृ गीता कुमारी गुरुङ

विकासका लागि भिजन भएको नेता उमेश श्रेष्ठ पाउनु हामीले भाग्यमानी ठानेका छौ : कांग्रेस नेतृ गीता कुमारी गुरुङ

images

इच्छाकामना न्युज

१५, कार्तिक २०७९
विकासका लागि भिजन भएको नेता उमेश श्रेष्ठ पाउनु हामीले भाग्यमानी ठानेका छौ : कांग्रेस नेतृ गीता कुमारी गुरुङ
images

दाहाखानी । नेपाली कांग्रेसका महासमिति सदस्य तथा इच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङले उमेश श्रेष्ठ जस्तो विकासप्रेमी भिजन भएको नेता पाउनु क्षेत्र नम्बर २ का नागरिकहरुहरुले भाग्यमानी ठानेको बताएका छन् । 

मंगलबार वडा नम्बर ७ दाहाखानीमा भएको चुनावी भेटघाट कार्यक्रममा बोल्दै गुरुङले चितवनका सबै क्षेत्रबाट उमेश श्रेष्ठको माग भए पनि यहाँको विशेष गरेर विकट इच्छाकामनाको विकासका लागि भिजन भएको विकास प्रेमी नेता हामीलाई चाहिन्छ त्यस्तो व्यक्ति हामीलाई पठाइदेउ भनेर यहाँ लिएर आएकोले गुरुङले उमेश श्रेष्ठ जस्तो विकास प्रेमी र भिजन भएको नेता पाउनु भाग्यमानी ठानेको बताएका हुन् ।

312755283_1912945982234394_7291746639478680533_n.jpg

उनले भने “धेरै ठाउँबाट उमेश श्रेष्ठ हामीलाई चाहिन्छ, एक नम्बर क्षेत्र, ३ नम्बर क्षेत्र चितवनका सबै क्षेत्रले हामीलाई ल्याउ हामी लान्छौँ यस्तो मान्छे चुनावमा हामी भोट हालेर जिताएर यो ठाउँको विकासको मुहार फेर्छौँ, भनेर चाहीँ उहाँलाई माग गर्ने धेरै मान्छेहरु थिए, हामीले भन्यौँ इच्छाकामना गाउँपालिकाका लागि जुन दुरदराजको वस्ती छ आज सम्म विकास हुन सकेको छैन, यहाँको नागरिककले हरेक कोणबाट दुख पाएका छन् शिक्षामा परिवर्तन गार्न सकेको छैन,स्वास्थ्यमा परिवर्तन गर्न सकेको छैन, आर्थिक परिवर्तन गर्न सकेको छैन, कृषिमा परिवर्तन गर्न सकेको छैन , जो व्यक्तिसंग त्यो भिजन छ त्यो व्यक्ति चै नेपाली कांग्रेसले उम्मेद्वार याहाँ हामीलाई पठाइदेउ भनेर हामीले ल्याएर आएका हौँ, त्यस कारणले त्यस्तो व्यक्ति हामीले ल्याएर आउँदै गर्दा इच्छाकामनावासी हामीले भाग्यमानी ठानेका छौँ इच्छाकामनाको नागरिक हामी भाग्यमानी हौँ भनेर महशुस गरेका छौँ ”

उनले गठबन्धनका उम्मेवारहरु प्रतिनिधि सभाका उम्मेद्वार उमेश श्रेष्ठ र प्रदेश सभा सदस्य उम्मेद्वार घनश्याम दाहाललाई भारी मतले जिताउने प्रतिवद्धता व्यक्त गर्दै विकास र समृद्धि तथा संविधानको रक्षा गर्न गठबन्धनको विकल्प नरहेको बताइन् । गठबन्धनका उम्मेद्वाहरुलाई जिताउन आ–आफ्नो ठाउँबाट लागी पर्न कार्यकर्ताहरुलाई समेत उनले आग्रह गरे।

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - २१:३४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology