Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा पनि रवि लामिछानेको क्रेज, सेल्फी खिच्नेहरुको भीड

इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा पनि रवि लामिछानेको क्रेज, सेल्फी खिच्नेहरुको भीड

images

इच्छाकामना न्युज

१५, कार्तिक २०७९
इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा पनि रवि लामिछानेको क्रेज, सेल्फी खिच्नेहरुको भीड
images

इच्छाकामना । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै अहिले नेता तथा उम्मेद्बारहरुको मतदाता भेटघाट र दौडधुप बाक्लिएको छ। प्रतिनिधिसभा चितवन क्षेत्रनम्बर २ बाट उम्मेद्बारी दिएका पुर्व संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अहिले आफ्नो क्षेत्रभित्र पर्ने स्थानहरुमा मतदाता भेटघाट तथा परिचयमा ब्यस्त रहेका छन् ।

त्यसै क्रममा आज रवि लामिछाने सहितको टोलि चितवनको इच्छाकामनाको पहाडी भुभाग अन्तर्गत पर्ने वडा नम्बर एक र दुईका विभिन्न गाउँहरुमा पुगेका छन। दुई दिन सम्म इच्छाकामनामै रहनेगरि आएका उनी पहाडी भुभागमा जाँदा त्यहाँका मतदाताले राम्रो प्रतिक्रिया सहित स्वागत गरेको बताइएको छ।

रवि लामीछानेसंग सेल्फी खिच्न युवाहरुको भीड समेत लागेका छन् । गाउँमा रवि आउने भएपछि स्वत  : स्फुर्त भेला हुने गरेका छन् । भर्खरै घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सबै भन्दा कम प्रभाव पर्ने आकलन गरिएको इच्छाकामनाका गाउँ बस्तीबाट समेत रवि लामिछाने प्रती मतदाताको सकारात्मक प्रतिक्रिया आएका छन् ।

अघिल्लो चुनावमा १७ हजार मतको अन्तर सहित सानदार जित हासिल गरेको नेकपा एमाले र कांग्रेस,माओवादीको पछिल्लो स्थानिय तहको मतदान अनुसार धेरै मत आउने आकलन गरेका गठबन्धन दल र नेता हरुले उम्मेद्बारी घोषणा हुदाँ प्रतिद्वन्द्वी नै नस्विकारेका राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले भने आफ्नो प्रतिद्वन्द्वी स्वीकार गर्न थालेका छन।

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - २०:४०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology