Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

निर्वाचन सुरक्षा

निर्वाचन सुरक्षाका लागि चितवनमा ४ हजार सुरक्षाकर्मी खटाइने

निर्वाचन सुरक्षाका लागि चितवनमा ४ हजार सुरक्षाकर्मी खटाइने

images

इच्छाकामना न्युज

१५, कार्तिक २०७९
निर्वाचन सुरक्षाका लागि चितवनमा ४ हजार सुरक्षाकर्मी खटाइने
images

चितवन । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाको लागि चितवनमा चार हजार सुरक्षाकर्मी खटाइँदै छ । निर्वाचनमा १९ सय ९१ जना म्यादी प्रहरी, ११ सय ४२ जना जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

निर्वाचनलाई भनेर भर्ना गरिएका म्यादी प्रहरीलाई मुख्य सडकका मुख्य चोकहरुमा खटाउन थालिएको छ । निर्वाचनका बेला मतदान स्थल र मतदान केन्द्रको भित्री घेरामा म्यादी प्रहरी र जनपथ हुनेछन् भने, त्यसबाहिरको सुरक्षा शशस्त्र प्रहरीले र त्यसभन्दा पनि बाहिर नेपाली सेनाको सुरक्षा रहनेछ । पर्याप्तमात्रामा सादा पोशाकका प्रहरी पनि खटिने प्रहरी प्रमुख अधिकारीले बताए ।

उनका अनुसार सम्वेदनशील ठाउँहरुमा सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहनेछ भने अन्यत्र भने सेना र सशस्त्र प्रहरी बलको टोलीले बाहिरबाट बेलाबेलामा अवस्था हेरेर सुरक्षा अवस्थाको जानकारी लिनेछ ।

चितवनका तीन वटा निर्वाचन क्षेत्रमा गरेर १६२ वटा मतदानस्थल र ४६० वटा मतदानस्थल रहनेछन् । २०७४ को निर्वाचनमा १६६ मतदानस्थल र ४०८ मतदान केन्द्र तोकिएका थिए । यसपटक अघिल्लो चुनावमा भन्दा मतदान केन्द्र थपिएका छन् भने मतदानस्थल घटेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - ०८:०६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology