Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मंगोल नेशनल अर्गनाईजेशन गोरखाको अध्यक्षमा गण्डकी गापाका गंगा राना चयन

मंगोल नेशनल अर्गनाईजेशन गोरखाको अध्यक्षमा गण्डकी गापाका गंगा राना चयन

images

इच्छाकामना न्युज

१७, पौष २०७७
मंगोल नेशनल अर्गनाईजेशन गोरखाको अध्यक्षमा गण्डकी गापाका गंगा राना चयन
images

गोरखा, १७ पुस । मंगोल नेशनल अर्गनाइजेशन गोरखाको अध्यक्षमा पुनः गण्डकी गाउँपालिकाका गंगा राना मगर चयन भएको छ। बिहिबार गोरखामा सम्पन्न अर्गनाइजेशनको तेस्रो जिल्ला अधिवेशनले अध्यक्षमा मगरलाई पुनः चयन गरेको हो। 
अर्गनाइजेशनको सचिवमा कृष्णकुमारी श्रेष्ठ घले (गोनपा), सहसचिवमा मानबहादुर गुरुङ )बारपाक सुलीकोट) र प्रचार प्रसार सचिवमा नवीन घले (बारपाक सुलीकोट) चयन भएका छन् ।
यसअघिका कार्यसमितिका अध्यक्ष गंगा राना मगरको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि सर्वोच्च सभाका अनुशासन विभागका प्रमुख गणेश चाम्लिङ राई, विशेष अतिथिमा सर्वोच्च सभाका सदस्यहरु रेञ्जिन तामाङ र सनबहादुर मेचेले सम्बोधन गरेका थिए ।
त्यस्तै गण्डकी प्रदेशका अध्यक्ष नवीन गुरुङ तथा गण्डकी प्रदेशभित्रका सबै जिल्लाका प्रमुखहरु धादिङ जिल्लाका प्रमुख पनि सभामा सहभागी थिए । त्यस्तै गोरखाका ११ वटै पालिकाका अर्गनाइजेशनमा आवद्ध नेता कार्यकर्ता सहभागी थिए ।
सभाले आउँदा दिनमा संगठन विस्तारलाई तिब्रता दिने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष राना मगरले बताए ।

images
प्रकाशित मिति :पौष १७, २०७७ शुक्रवार - ०९:३२:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology