कुरिनटार । नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठन इच्छाकामनाको शुभकामना आदान प्रदान तथा बैठक सम्पन्न भएको छ । तिहार तथा छठपर्वको अवसरमा इच्छाकामना ३ चुम्लिङमा शुभकामना आदानप्रदान कार्यक्रम तथा बैठक सम्पन्न भएको हो।
बैठकले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको गठबन्धनका उम्मेद्वाहरुलाई जिताउन सक्रिय भएर लाग्ने निर्णय गरेका छन् । संगठनका अध्यक्ष श्रीरेन्द्रप्रकास पोखरेलको अध्यक्षतामा बसेको बैठकले गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन अपिल समेत गरेका छन् ।