Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

विकाश नचाहनेहरुले आफु विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको भनाई

विकाश नचाहनेहरुले आफु विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको भनाई

images

इच्छाकामना न्युज

१६, पौष २०७७
विकाश नचाहनेहरुले आफु विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको भनाई
images

हेटौंडा, १६ पुस । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु जनमतको दुरुपयोग भएको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रचण्ड–माधव समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । बिहीबार हेटौंडामा आयोजित ओली पक्षीय वृहत् कार्यकर्ता भेलामा मुख्यमन्त्री पौडेलले कांग्रेसका सांसदले विरोध नगर्दा नेकपाकै कार्यकर्ताले विरोध गर्दै हिँडेको बताए ।

प्रदेश सरकारले काम गरेन भन्दै आलोचना गर्नेहरुलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, गौरीटार अन्तर्राष्ट्रिय रंगशाला, विभिन्न स्वास्थ्य कार्यक्रमसहित विकास नपचेको उनको दाबी छ । आफ्नो नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्नेहरुले अस्थिरता चाहेको उनको आरोप छ ।

ओली समूहका नेता समेत रहेका मुख्यमन्त्री पौडेलले नेकपा फुटाउन माधव नेपालले पुष्पकमल दाहाल प्रचण्डको साथ दिनु भनेको महाभुल भएको बताए । ढिलो चाँडो माधव नेपालहरु ओलीसँग शरण लिन आउने उनको दाबी छ ।

प्रधानमन्त्रीलाई अविश्वास र राष्ट्रपतिलाई महाअभियोग लगाउने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक कदम चालेको बताए । संविधान अनुरुप संसद विघटन गरेको भन्दै मुख्यमन्त्री पौडेलले भने ‘प्रधानमन्त्री ओलीले संविधानमा भएको व्यवस्था अनुसार नै संसद विघटन गरेका हुन् । केही मान्छेहरु असंवैधिानक कदम चालेको भन्दै सडकमा उफ्रिरहेका छन् । उनीहरुलाई केपी ओलीले लोकतन्त्र बचाएको भन्ने हेक्का होस् ।’

कार्यक्रममा युवा संघकासह संयोजक रमेश पौडेलले ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्ने प्रचण्डको दाउ, पार्टी अध्यक्ष बन्ने माधव नेपालको सोच र राष्ट्रपति बन्ने झलनाथ खनालको लोभले पार्टी अहिलेको अवस्थामा आएको बताए ।

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - १९:०२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology