Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

चितवन सौराहा चोकस्थित कालिका आटो पार्टसमा लक्ष्मीपूजाको मध्यराती आगलागी

चितवन सौराहा चोकस्थित कालिका आटो पार्टसमा लक्ष्मीपूजाको मध्यराती आगलागी

images

इच्छाकामना न्युज

८, कार्तिक २०७९
चितवन सौराहा चोकस्थित कालिका आटो पार्टसमा लक्ष्मीपूजाको मध्यराती आगलागी
images

चितवन । चितवनको रत्ननगर स्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका १ सौराहा चोकमा रहेको न्यू कालिका आटो पार्टसमा आज विहान ३ः५० बजे आगलागी भएको हो ।

खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलले विहान ६ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट १२ वटा नयाँ र २० भन्दा बढि पुराना मोटरसाइकल जलेर क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७९ मंगलवार - ११:०४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology