Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा विभिन्न क्षेत्रबाट ठूलो परिमाणको पटकाजन्य पदार्थ बरामद

चितवनमा विभिन्न क्षेत्रबाट ठूलो परिमाणको पटकाजन्य पदार्थ बरामद

images

इच्छाकामना न्युज

७, कार्तिक २०७९
चितवनमा विभिन्न क्षेत्रबाट ठूलो परिमाणको पटकाजन्य पदार्थ बरामद
images

भरतपुर । चितवनका विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारका समयमा अवैधरुपमा ल्याइएका र बिक्रीका लागि राखिएका ५ हजार ५०० पटकाजन्य पदार्थ बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय भण्डाराले पूर्वबाट आएको एक यात्रुबाहक बसबाट मात्रै ४ हजार ७३० पटका बरामद गरेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयले भरतपुर र आसपासका क्षेत्रबाट झण्डै सात सय पटका बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बरामद गरिएका लाखौँ मूल्य बराबरका पटका नष्ट गरिने उनले बताए । पटका बेच्ने र पड्काउने दुवैलाई सम्झाएर छाडिने गरेको उनले बताए ।

खुला सिमानाका कारण नेपालमा अवैधरुपमा पटकाजन्य पदाथ भित्रिएको प्रहरीको भनाइ छ । चितवन प्रहरीले तिहारको अवसरमा जिल्लामा गस्ती बढाएको र आवश्यक सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जनाएको छ ।

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीन महिनाको अवधिमा नियम उल्लङ्घन गर्ने दश हजार बढीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा ट्राफिक प्रहरीले १० हजार एक सय ५३ लाई कारबाही गरेको हो । सबैभन्दा बढी गत भदौ महिनामा तीन हजार आठ सय १८ सवारी साधनलाई कारबाही गरिएको छ ।

यस्तै साउन महिनामा तीन हजार चार सय सय ७० र असोज महिनामा दुई हजार आठ सय सय ६५ लाई कारबाही गरिएको छ । यो अवधिमा रु ८७ लाख पाँच सय राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए ।

उनले जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति थप गरिएसँगै चेकजाँचलाई तीव्रता दिइएको बताए । वैशाखसम्म ५२ जना ट्राफिक प्रहरी रहेकोमा अहिले थप गरेर ८२ जना पु¥याइएको छ । अहिले मुख्य सहरी क्षेत्रका हरेक चोकमा दुई÷दुई जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

“हामीले मापसेलगायतका चेकजाँचलाई नियमितता दिएका छौँ, उनले भने”, “रात्रिकालीन यात्रामा दुई चालक अनिवार्य गराएका छौँ ।” यस्तै चाडपर्व लक्षित ट्राफिक प्रहरी परिचालन गरेर नागरिकलाई सहजता प्रदान गरिएको उनको भनाइ छ । तीन महिनाको अवधिमा महिनामा जिल्लामा भएका दुर्घटनामा २२ जनाको मृत्यु र दुई सय १७ घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय चितवनमा ठूला दुर्घटनामा कमी आएको छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - ०८:३०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology