Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा नमुना मतदान : सिडिओदेखि मुख्य निर्वाचन अधिकृतसम्मले गरे मतदान

चितवनमा नमुना मतदान : सिडिओदेखि मुख्य निर्वाचन अधिकृतसम्मले गरे मतदान

images

इच्छाकामना न्युज

४, कार्तिक २०७९
चितवनमा नमुना मतदान : सिडिओदेखि मुख्य निर्वाचन अधिकृतसम्मले गरे मतदान
images

चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन अब एक महिना बाँकी छ । सोहि निर्वाचनलाई लक्षित गरेर बिहीबार चितवनमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा नमुना मतदान गरिएको हो । नमुना मतपत्रमा नमुना निर्वाचन चिह्न राखेर नमुना मतदान गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले संयुक्त रुपमा मतदान गरेर नमुना मतदानको शुभारम्भ गरेका थिए । पहिलो हुने निर्वाचन प्रकृया अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातीकतर्फ मतदान गरिएको हो ।

मतदानपछि प्रतिकृया दिदै मुख्य निर्वाचन अधिकृत थापाले वास्तविक मतदानका लागि समय कति लाग्छ र कति जटिलता हुन्छ भन्ने मापन गर्नका लागि नमुना मतदान गरिएको बताए ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७९ शुक्रवार - १०:१६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology