Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गठबन्धन रहरले बनेको होइन : घनश्याम दाहाल

गठबन्धन रहरले बनेको होइन : घनश्याम दाहाल

images

इच्छाकामना न्युज

४, कार्तिक २०७९
गठबन्धन रहरले बनेको होइन : घनश्याम दाहाल
images

चितवन । चितवन क्षेत्र नम्बर २ (क )का उमेदवार घनश्याम दाहाल अविनास ले ले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताउनुभएको छ । पदमपुरको २०० विगामा पर्ने शान्ति चोकमा मा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राख्नुभयो ।

“संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो”, दाहालले भन्नुभयो, “प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रो सामु छ ।” सत्ता गठबन्धनबाट चितवन क्षेत्र नम्बर २ (क ) बाट उम्मेदवार बन्नुभएका दाहालले समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो ।

जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई / दुई पटक संसद् भङ्ग गरेको दृष्टान्त सुनाउँदै उहाँले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताउनुभयो । दाहालले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चितवनका सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने दाबी गर्नुभयो ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७९ शुक्रवार - १०:१२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology