Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु 

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

२, कार्तिक २०७९
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु 
images

कृष्ण फुरुम्वो लिम्बू, ताप्लेजुङ । ताप्लेजुङमा गयराति ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।मैवाखोला गाउँपालिका ५ फाकुम्बा–कम्साङका ३१ वर्षका पासाङ शेर्पा, २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला गाउँपालिका ४ साँघु–ओदकका २२ वर्षका शर्मिला शेर्पा र १७ वर्षका लाकी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार मैवाखोला गाउँपालिका ४ साँघुस्थित याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा राति करिव साढे १२ बजे ट्याक्टर दुर्घटना भएको हो ।

मैवाखोला गाउँपालिका १ तेल्लाबुङबाट सोही पालिकाको वडा नम्बर ५ काम्साङतर्फ जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेहरू दुई परिवारका दुई–दुई जना छन् । घटनाबारे थप विवरण आउन बाँकी छ । 

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०९:१४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology