भरतपुर । बोस्टन इन्टरनेशनल कलेजले प्रत्यक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरणको घोषणा गरेको छ । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उक्त पुरस्कारको घोषणा गरेको हो । कलेजको आगामी मार्गबारे प्रकाश पार्दै कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले आगामी पाँच वर्षमा अनुसन्धान विभागलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नको लागि स्तरोन्नती गर्ने लक्ष्य लिइएको बताए । प्रत्यक दुई वर्षमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन गर्दै लैजानेसमेत उनले बताए ।
कलेजका शैक्षिक कार्यक्रम निर्देशक डा विष्णु परियारले आउँदो पाँच वर्षमा २०० भन्दा बढी कम्पनीहरूसँग आवद्ध भई विद्यार्थीलाई आवश्यक औद्योगिककरणमा लैजाने योजना रहेको जानकारी दिए । यसै वर्षदेखि ९० प्रतिशत विद्यार्थीलाई दिक्षित गराई शतप्रतिशत रोजगारको व्यवस्था गराउनेसमेत उनले दाबी गरे ।