Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुल्मीको तम्घासदेखि सिमलटारीसम्मको खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

गुल्मीको तम्घासदेखि सिमलटारीसम्मको खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

इच्छाकामना न्युज

१, कार्तिक २०७९
गुल्मीको तम्घासदेखि सिमलटारीसम्मको खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
images

डिबी खड्का, गुल्मी । गुल्मी सदरमुकाम तम्घासदेखि सिमलटारीसम्मको ४ ओटा खोलामा पुल नहुँदा स्थानीयवासीले सास्ती खेप्दै आइरहेका छन् । गुल्मी सदरमुकाम तम्घासदेखि पश्चिम क्षेत्रको मुख्य सडक मदन भण्डारी राजमार्ग हो ।

images
images

सदरमुकाम तम्घास देखी सिमलटारीसम्म २७ किलोमिटर सडक कालोपत्रे गरेको पाँच वर्ष भए पनि त्यस सडकखण्ड अन्तर्गत पर्ने चारवटा खोलामा पुल नहुँदा स्थानीयले सास्ती ब्यहोर्दै आएका हुन् । चार स्थानीय तह, धुर्कोट, मदाने, मालिका, इस्मा गाउँपालिका जोड्ने यो सडक भएर दैनिक सयौँ सवारी साधन गुड्छन् ।  

हिउँदमा जेनतेन सवारी साधन चलेपनि वर्षायाममा यस क्षेत्रका जनताले निकै जोखिम मोलेर यात्रा गर्नुपर्छ । खोलामा पुल नभएकै कारण बिरामी र यात्रुलाई सबैभन्दा बढि सास्ती हुने गरेको विद्यार्थी बसु क्षेत्रीले बताउनुभयो । महत्पुर्ण काम लिएर सदरमुकाम तम्घास हिँडे पनि समयमै पुगिन्छ की पुगिदैन् भन्ने टुङ्गो नभए पनि जनता जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

बाटो कालोपत्रे भएपनि पुल नहुदाँ धेरै दुख पाएको स्थानीयवासी एवं यात्रु सुर्य बहादुर जिसीले बताउनुभयो । सवारी चालक पनि पुल नहुँदा सास्ती भएको गुनासो गर्छन् । जोखिम मोलेर खोलाबाट सवारी साधन तार्दा अप्ठ्यारो हुने चालक गोपाल घर्तीले बताउनुभयो ।

मदन भण्डारी राजमार्गको कार्यालय तम्घासले भने पुल निर्माण गर्ने प्रक्रिया अगाडी बढेको दाबी गरेको छ । जिल्लाका पाँच स्थानीय तहका हजारौँ यात्रुहरू दैनिक यात्रा गर्ने मुख्य सडकमै पुल नहुँदा निकै समस्या भोग्नु परेको गुनासो गर्छन् । तर तीनै तहका सरकारले स्थानीयको गुनासो तत्काल सम्बोधनमा चासो देखाएका छैनन् ।

images
प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - ०९:०२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology