Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सल्यानमा अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु 

सल्यानमा अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु 

images

इच्छाकामना न्युज

१, कार्तिक २०७९
सल्यानमा अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु 
images

प्रतीक इच्छुक शर्मा, सल्यान । सल्यानमा अरिङ्गालको टोकाइबाटआमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ हममपालका २१ वर्षका शोभा बस्नेत बुढाथोकी र उहाँका ४ वर्षका छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो साँझ खेतमा धान काटेर घर फर्कने क्रममा अकस्मात आएको अरिङ्गालले तीन जनालाई टोकेको थियो । अरिङ्गालले टोकेर घाइते आमा छोरीको सल्यान श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा छोरी प्राप्तीको बाटोमै मृत्यु भएको थियो भने आमाको आज बिहान कोहलपुर मेडिकल कलेजमा पु¥याई जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको थियो ।

अरिङ्गालको टोकाइबाट घाइते भएका २१ वर्षका नविन बस्नेतको श्रीनगर स्थित परोपकार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदैछ । 

images
प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - ०९:०१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology