Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

म भोजपुरको मान्छे तर चितवनमा मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु : राज्यमन्त्री उमेश श्रेष्ठ

म भोजपुरको मान्छे तर चितवनमा मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु : राज्यमन्त्री उमेश श्रेष्ठ

images

इच्छाकामना न्युज

३१, आश्विन २०७९
म भोजपुरको मान्छे तर चितवनमा मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु : राज्यमन्त्री उमेश श्रेष्ठ
images

चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले आफू निर्वाचित भएमा योजना बनाएर विकास निर्माणका काम गर्ने बताएका छन् ।

सोमबार भरतपुर महानगरपालिका वडा नम्बर ३, बेलचोकमा मतदाताहरुसंँग भेटघाट गर्ने क्रममा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले भने, ‘म जीवनभर शिक्षामा काम गरेको मान्छे हुँ । म गाउँको मान्छे हुँ । म भोजपुरको मान्छे हुँ । युवाहरुलाई गरिखाने बनाउनु पर्छ भन्ने अभियानको म अभियन्ता हुँ ।’

चितवनका मतदाताहरुलाई उनले भने, ‘यो क्षेत्रमा मैले चुनाव जितेर काम गर्ने अवसर पाएँ भने योजना बनाएर अगाडि बढ्नेछु’ सरकारको राज्यमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘म सिस्टममा काम गर्ने मान्छे हो ।’

चुनावी अभियानका क्रममा आफू इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको विभिन्न क्षेत्रमा पुगेको जानकारी गराउँदै श्रेष्ठले भने, ‘यो क्षेत्रमा आएर मैले केही काम गर्न सक्ने सम्भावना देखेको छु । मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु ।‘

नेपाल विकासका हरेक सम्भावना नै सम्भावना बोकेको देश भएर पनि गरिब हुनुको कारण नीति कमजोर भएको उनको भनाइ थियो । उनले भने, ‘सम्भावना नै सम्भावना बोकेको देश भएर पनि हामी गरिब भयौँ नीति कमजोर भएको कारण । शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, प्राकृतिक स्रोतसाधन, ऊर्जा र जडीबुटीको क्षेत्रमा धेरै काम गर्न सकिन्छ ।’

त्रिशूली, नारायणी र राप्ती नदीको उपयोग गरेर पर्यटनको विकास गरी विदेशी मुद्रा आर्जन गर्न सकिने श्रेष्ठको भनाइ छ । ‘राम्रोसँग उपयोग गर्ने हो भने नदी वरदान हो । म नदीलाई उपयोग गरेर पर्यटनको विकास गर्न चाहन्छु ।’

images
प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - २०:३१:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology