Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

चुनावी अभियान तीव्र पार्दै लोक गायक मिलन लामा 

चुनावी अभियान तीव्र पार्दै लोक गायक मिलन लामा 

इच्छाकामना न्युज

३०, आश्विन २०७९
चुनावी अभियान तीव्र पार्दै लोक गायक मिलन लामा 
images

चितवन । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल गायक तथा सर्जक मिलन लामाले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको लागि उमेदवारी दिएका लामाले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर घरदैलो अभियानलाई तीव्र बनाएका हुन्। 

images
images

हालसम्म कुनै पनि दलमा आवद्ध नभएका गायक लामाले जनताको काम गर्न राज्य संयन्त्रको माथिल्लो निकायमा पुग्न आवश्यक भएको भन्दै उमेदवारी दिएको बताएका छन्। चितवने जनताको लागि आफू मरेरै भए पनि काम गर्ने बाचा लिएर चुनावी मैदानमा होमिएका उनले बताए। लोक संगीतको माध्यमबाट स्थापित भइसकेकाले उनलाई चुनावी प्रचारप्रसारमा भने अन्य स्वतन्त्र उम्मेदवारलाई जस्तो सकस छैन। 

‘सूर्यमूखी फूल’ चुनाव चिन्ह पाएका उनले पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, अर्थशास्त्री डा विश्व पौडेल लगायतका व्यक्तिसँग चुनावी प्रतिष्पर्धा गर्नेछन्। करिब दुई दशकभन्दा लामो समयदेखि मौलिक नेपाली लोक सिर्जना र संगीतमा लागेका उनी गीत संगीतका लागि बाहेक अन्य समयमा चितवन नछाडेकाले पनि चितवनको भूगोलबारे पूर्ण ज्ञान रहेको दाबी गर्छन्। ‘म यहीँ जन्मिएँ, यहीँ हुर्किएँ, यहीँ मर्ने मन छ,’ रत्ननगरको मोहना घर भएका गायक लामा भन्छन्, ‘त्यसैले म चितवन क्षेत्र नं. १ का मतदाताबाट पूर्ण आशावादी छु।’ 

सौराहाबाट कलाकारिताको यात्रा थालनी गरेका लामा गीत संगीतसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्। ज्यालादारी गरेर जीवन निर्वाह गर्न बाध्य भुइँमान्छेको पीडामा करिब डेढ दशकयता मल्हम लगाउने प्रयास गर्दै आएका लामाले एकल प्रयासबाट सामाजिक काम सम्भव नहुने देखेपछि संघीय संसदमै जाने प्रयासमा जुटेका हुन्। कलाकारिताबाट कमाएको केही रकम र देश तथा विदेशमा रहेका व्यक्तिहरूको सहयोगमा उनले विपन्न परिवारका लागि करिब दुई दर्जन बढी घर बनाइसकेका छन्। 

उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिन पहिले रत्ननगर–४ भोकाहाकी २८ वर्षीय मधु चौधरीको उपचारको लागि पनि भरतपुर अस्पताल पुगेर ३५ हजार रूपैयाँ सहयोग गरेका थिए। ‘फेसबुकमा मागेर मात्रै सामाजिक कामले पूर्णता नपाउने रहेछ, त्यसैले सांसद बन्ने योजना बनाएर निर्वाचनमा होमिएको हुँ,’ उनी भन्छन्, ‘कमसेकम सांसद बन्न पाए राज्यको संयन्त्रलाई पनि जनताको हितमा प्रयोग गर्न पाइन्छ।’ 

मंसिर ४ गते हुने मतदानबाट आफू हारजीत जे भए पनि कलाकारितालाई भने निरन्तरता दिने उनको भनाइ छ। ‘मलाई मेरा मतदाताले संसदमा पु¥याए पनि नपु¥याए पनि कलाकारिता त छोड्ने कुरै भएन,’ उनले भने, ‘किनभने मलाई आज देशव्यापीरूपमा मिलन लामा भनेर चिनाएको त्यही गीत संगीतले हो।’

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - २२:२६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology