पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न ९० खेलहरू हुँदैछन् । आज हुने खेलमा एथलेटिक्स, ब्याडमिन्टन, महिला क्रिकेट, पुरुष फुटबल, महिला फुटबल, टेनिस, बक्सिङ, पुरुष भलिबल, महिला भलिबल, सफ्ट टेनिस छन् ।स्क्वास, उसु, पुरुष बास्केटबल, महिला बास्केटबल, आर्चरी, शारीरिक सुगठन र पौडी पनि आजै हुनेछन् ।
त्यस्तै बुद्धिचाल, टेबल टेनिस, सेपाकताक्रो महिला÷पुरुष, भारोत्तोलन, सुटिङ, साइक्लिङ, प्याराग्लाइडिङ, रग्बी महिला÷पुरुषर कुस्ती पनि आजको खेल तालिकामा समावेश छन् । नवौं अन्तर्गत नै कबड्डी, तेक्वान्दो, खो खो, आइटिएफ, कराते, फुलकन्ट्याक्ट कराते, महिला हक्कीर पुरुष हक्की पनि आज हुनेछन् ।