Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनका दुई डाक्टर राजिनामा दिएर चुनाव लड्दै

चितवनका दुई डाक्टर राजिनामा दिएर चुनाव लड्दै

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
चितवनका दुई डाक्टर राजिनामा दिएर चुनाव लड्दै
images

चितवन । चितवन क्षेत्र नं १ र ३ मा दुई जना डाक्टरले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने हुनुभएको छ ।

आयोगका उपाध्यक्ष डा विश्व पौडेलले चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ भने डा भोजराज अधिकारीले भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर क्षेत्र नं ३ मा उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ।

पौडेल नेपाली कांग्रेसका तर्फबाट र अधिकारी नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बन्न लाग्नुभएको हो । पौडेलले दसैँअघि नै असोज २० गतेदेखि लागू हुनेगरी राजिनामा दिइसकेको बताउनुभएको छ ।

अधिकारीले आजै राजिनामा दिनुभएको हो । पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएको हो भने अधिकारी फिजिसियन हुनुहुन्छ । उहाँहरुले आज खैरहनी र रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्दै हुनुहन्छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १३:३६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology