Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकैघरका ३ जना मृत भेटिए

गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकैघरका ३ जना मृत भेटिए

रासस

२२, आश्विन २०७९
गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकैघरका ३ जना मृत भेटिए
images

गाेरखा । गोरखामा रुखमा झुन्डिएकाे अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका-६ मा रहेकाे मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उहाँका जुम्ल्याहा छोराको शव झुन्डिएकाे अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

images
images

'सात वर्षका दुई बालकको काप्राको रुखमा झुन्डिएकाे अवस्थामा शव फेला परेको छ', उहाँले भन्नुभयो, 'बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।' घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुन्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएकाे अवस्थामा फेला परेकाे उहाँले बताउनुभयो । हेमबहादुरको शव भने बालकहरू झुन्डिएकाे रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले जनाएकाे छ ।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । 'घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ', उहाँले भन्नुभयो, 'शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ, तिनै जनाको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।'

बिहान स्थानीयले उनीहरुलाई रुखमा झुन्डिएकाे देखेपछि घटनाका बारेमा जानकारी गराएका वडाध्यक्ष रञ्जन रिमालले जानकारी दिनुभयो । मृतक रानाले डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १९:३०:०३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology