Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

नेकपा एमालेले तनहुँमा उम्मेद्वार टुंग्यायो, यी हुन् उम्मेद्वार (नामावली सहित)

नेकपा एमालेले तनहुँमा उम्मेद्वार टुंग्यायो, यी हुन् उम्मेद्वार (नामावली सहित)

images

इच्छाकामना न्युज

२२, आश्विन २०७९
नेकपा एमालेले तनहुँमा उम्मेद्वार टुंग्यायो, यी हुन् उम्मेद्वार (नामावली सहित)
images

तनहुँ । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा नेकपा एमालेका उम्मेदवार टुंगिएका छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार टुंगो लगाएको हो ।

तनहुँ-१ को प्रतिनिधिसभामा भने उम्मेदवार टुंगो लगाउन बॉकी छ । प्रतिनिधिसभामा तालमेल हुन सक्ने सम्भावना छ ।

तनहुँ १ प्रदेश १ मा रामबहादुर गुरुङ र प्रदेश २ मा पूर्णबहादुर गुरुङ उम्मेदवार बन्नेछन् । रामबहादुर २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पूर्णबहादुर भने केही समय अगाडी मात्रै एमाले प्रवेश गरेका थिए ।

तनहुँ-२ को प्रतिनिधिसभामा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ उम्मेदवार बन्नेछन् । २०७४ मा प्रदेशसभामा विजयी भएर अर्थमन्त्री बनेका गुरुङ यसपटक सङ्घमा निर्वाचन लड्न लागेका हुन् ।

तनहुँ २ प्रदेश १ मा श्यामराजा महत र प्रदेश २ मा केदार सिग्देल उम्मेदवार बन्नेछन् । सिग्देल २०७४ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । खबरपुञ्जबाट

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०७:५७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology