Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राजनिति

देवी ज्ञवाली प्रदेशमा चुनाव लड्न सहमत भएपछि चितवन २ मा कृष्णभक्त पोखरेल निश्चित

देवी ज्ञवाली प्रदेशमा चुनाव लड्न सहमत भएपछि चितवन २ मा कृष्णभक्त पोखरेल निश्चित

images

इच्छाकामना न्युज

१८, आश्विन २०७९
देवी ज्ञवाली प्रदेशमा चुनाव लड्न सहमत भएपछि चितवन २ मा कृष्णभक्त पोखरेल निश्चित
images

चितवन । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बाटो खुलेको छ । निवर्तमान संसद पोखरेलसँगै पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीको नाम सिफारिस भएको थियो । तर चितवन जिल्ला इन्चार्ज समेत रहेका ज्ञवाली प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएपछि पोखरेललाई सहज भएको हो ।

पार्टीलाई एकतावृद्ध र बलियो बनाउन केन्द्रको दाबी छाडेर प्रदेशको उम्मेदवार बन्न सहमत भएको ज्ञवालीले बताए । ‘म सहमतिमा जाँदा पार्टी एकतावद्ध हुने देखेँ । माननीय कृष्णभक्तले संसद र समितिमा खेलेको भूमिका निकै राम्रो र प्रभावकारी देखिएकाले उहाँलाई रोक्न राम्रो देखिँदैन भनेर एकतावद्ध भइयो’, नेता ज्ञवालीले भनेका छन्, ‘यहाँ अब कुनै समस्या रहेन ।’ नेता पोखरेलले पनि चितवन २ मा संघमा आफू र २ (ख) मा देबी ज्ञवाली उम्मेदवार बन्ने सहमती भएको बताए ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका पोखरेल २०७० यही निर्वाचन क्षेत्र (साविक चितवन क्षेत्र नं. ३, हालको २) बाट संविधानसभा सदस्य चुनिएका थिए भने २०७४ मा पनि यहीबाट निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :आश्विन १८, २०७९ मंगलवार - १९:००:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology