चितवन । नारायणगढ लेडी जेसिजले आयोजना गरेको भाग्यशाली चिठ्ठामा वर्षा खनालले प्रथम पुरस्कार जितेकी छन्। चिठ्ठा नम्बर १६३१ की खनालले प्रथम पुरस्कारवापत वासिङ मेसिन जितेकी कार्यक्रम संयोजक गौरी गुरुङले जानकारी दिइन्।
चिठ्ठा नम्बर २२९५ का सन्तोषकुमार पियाले दोस्रो हुँदै ३२ इन्चको स्मार्ट टिभी जितेका छन् भने चिठ्ठा नम्बर ०२०३ की रमानी श्रेष्ठले तेस्रो स्थान हासिल गर्दै फ्रिज जितेकी छन्। यस्तै सान्वना स्थान हासिल गर्न सफल १५ जनालाई भने इलेक्ट्रोनिक जग प्रदान गरिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिइन्।

चिठ्ठा नं २५९१, ३९७०, २३२०, ४९०४, ३१८८, १६७०, १०२५, ०२३६, १४७९, ०७४०, ०८७८, २३१६, १२०७, ०७१९, ४७६७ र ०२४८ ले सान्त्वना स्थान हासिल गरेका थिए। चितवनको कालिका नगरपालिका वडा नम्बर १० देउजरमा रहेका विपन्न परिवारको सहयोगार्थ चिठ्ठा कार्यक्रम गरिएको उनले बताइन्।

भाग्यशाली सबैलाई आइतबार सार्वजनिक नतिजासँगै नाराइणगढ शहीद चोकमा पुरस्कार प्रदान गरिएको नारायणगढ लेडी जेसिजकी अध्यक्ष अनिता श्रेष्ठ अधिकारीले जानकारी दिइन्।
कार्यक्रममा नारायणगढ लेडी जेसीजकी संरक्षक एवम् पूर्वअध्यक्ष विश्वशान्ति पिया, पूर्वअध्यक्षहरु मनषा थैव श्रेष्ठ, सुनिता कर्माचार्य, रमा श्रेष्ठ, नीरू कार्की, वरिष्ठ सदस्य निर्मला पण्डितलगायतको उपस्थिति थियो।