Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शान्ति समाज चितवनको दिप प्रज्वलन

अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शान्ति समाज चितवनको दिप प्रज्वलन

images

इच्छाकामना न्युज

१६, आश्विन २०७९
अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शान्ति समाज चितवनको दिप प्रज्वलन
images

चितवन । अन्तराष्ट्रिय अहिंशा दिवसको अवसरमा मानवधिकार तथा शान्ति समाज चितवनले दिप प्रज्वलन गरेको छ। समाजले आज साँझ ६ बजे भरतपुरको चौबिसकोठीमा दिप प्रज्वलन गरेको हो।

दिप प्रज्वलन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कंडेल, पुर्ब केन्द्रिय सभापति डा. गङ्गाधर अधिकारी, काहुराष्ट्रका कार्यवाहक केन्द्रीय अध्यक्ष बिनोद खण्ड तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियो । 

310003234_227439946273835_1703626550583510858_n.jpg

कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै शाखाका सचिव जीवन केसीले कार्यक्रमको सहजिकरण गरेका थिए भने काहुराष्ट्रका कार्यवाहक अध्यक्ष बिनोद खण्ड तिमिल्सिना, संस्थापक केन्द्रीय सदस्य कृष्ण कंडेलले शुभकामना मन्तब्य  राखेका थिए। 

310542471_227439832940513_6458191428841376821_n.jpg

यस्तै समाजका पुर्व केन्द्रीय सभापति डा. गङ्गाधर अधिकारीले संयुुक्त राष्ट्रसंघले महात्मा गान्धीको जन्मदिन  अक्टोवर २ तारिखलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको जानकारी दिदैं हामीले कहिल्यै पनि हिंसाको बाटो अपनाउनु हुदैन र हिंसाबाट समस्याको समाधान नहुने बताएका थिए।

कार्यक्रमको अन्त्यमा चितवन शाखाका सभापति शम्भु राउतले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए।

images
प्रकाशित मिति :आश्विन १६, २०७९ आइतवार - २२:४५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology