Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मर्दी ट्रेक चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर ज्यान गयो

मर्दी ट्रेक चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर ज्यान गयो

इच्छाकामना न्युज

१५, आश्विन २०७९
मर्दी ट्रेक चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर ज्यान गयो
images

तनहुँ । पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ वर्षीय सुदीप गौतमको भीरबाट लडेर ज्यान गएको छ ।

images
images

मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रवार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर गाैतमकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ ।

गौतमले हाइक्याम्पमा होटल सञ्चालन गर्दै आउनु भएकाे थियाे । गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

होटल व्यवसायी अर्को एक जना साथीसँग गौतम पानी मर्मत गर्न जानु भएको थियो । लडेर गौतमको टाउकोमा चोट लागेको थियो । घटना लगत्तै नजिक रहेकाहरुले उद्धार गरेर ल्याए पनि उहाँको बाटोमा नै ज्यान गएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

गौतमको शवलाई शनिवार बिहान हेलिकप्टरबाट पोखरा ल्याइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको प्रचार प्रसार र प्रवर्द्धनमा ठूलो भूमिका खेल्नु भएको थियो ।

गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । गौतमको परिवारमा बुवा, आमा, श्रीमती एक छोरी र छोरा छन् ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - २१:३०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology