Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बिप्लब नेतृत्वको नेकपा सहित ४ पार्टीले सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने 

बिप्लब नेतृत्वको नेकपा सहित ४ पार्टीले सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने 

images

इच्छाकामना न्युज

१४, पौष २०७७
बिप्लब नेतृत्वको नेकपा सहित ४ पार्टीले सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने 
images

काठमाण्डौ, १४ पुस । नेत्रविक्रम चन्दबिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित चार राजनीतिक दलले सरकार विरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् । आज चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी बीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको हो । 
चारै दलका नेताद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘केपीओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्तमोर्चा निर्माण गर्ने सहमति भएको छ । विज्ञप्तिमा मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १९:४४:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology