Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दुर्घटना

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा ट्रकले किच्दा एक जनाको ज्यान गयो

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा ट्रकले किच्दा एक जनाको ज्यान गयो

images

इच्छाकामना न्युज

१४, आश्विन २०७९
मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा ट्रकले किच्दा एक जनाको ज्यान गयो
images

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा ट्रकले किच्दा एक जनाको ज्यान गएको छ। 

बिहिबार साँझ ६ः५० बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र. ०६–०१ प १९८० नं. मोटरसाइकल आँफै अनियन्त्रित भई पल्टिदाँ सोही मोटरसाइकल पछाडी सवार भारत घर भई हाल चितवन भरतपुर २ बस्ने बर्ष १९ को महमद सकिल साहलाई बिपरित दिशा बाट आउदै गरेको लु २ ख ५५ नं. को ट्रकले कुल्चिदा घटनास्थलै ज्यान गएको हो।

मोटरसाइकल चालक सोही स्थानका बर्ष ३० को अकवर साह भने सकुशल रहेको छ । ट्रक र चालक स्याङजा गल्याङ ८ बस्ने बर्ष ३२ को अर्जुन पचभैया मगर इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०७९ शुक्रवार - ०७:२८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology