Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

समाज

समाजसेवी एवं व्यवसायी कृष्ण गुरुङको अभियानले सुरू भयो, धर्म गुरू नर्बु लामाको उपचार 

समाजसेवी एवं व्यवसायी कृष्ण गुरुङको अभियानले सुरू भयो, धर्म गुरू नर्बु लामाको उपचार 

images

इच्छाकामना न्युज

१०, आश्विन २०७९
समाजसेवी एवं व्यवसायी कृष्ण गुरुङको अभियानले सुरू भयो, धर्म गुरू नर्बु लामाको उपचार 
images

चितवन । बौद्ध धर्म सेवा समितिअन्तर्गत सञ्चालित महाबौद्ध गुम्बा तीनखोलेमा धर्म गुरूको रूपमा कार्यरत धर्म गुरू नर्बु लामा गुरूङको उपचार सेवा सुरू गरिएको छ। आइतबारदेखि पुष्पाञ्जली अस्पतालका डा विश्वास गुरूङ र फिजियोथेरापिस्ट मदन घिमिरे तथा भरतपुर अस्पतालका डा गुणराज लोहनीले उपचार गराउन थालेका हुन्। 

केही दिनयता पक्षघातका कारण थला परेका धर्म गुरूको उपचारमा सामाजिक अभियन्ता एवम् तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनका वरिष्ठ उपाध्यक्ष समाजसेवी व्यवसायी कृष्णबहादुर गुरूङ प्रत्यक्षरूपमा जुटिरहेका छन्। उनकै पहलमा उपचार सेवा सुरू गरिएको हो। 

गुरूङले सामाजिक सञ्जालमार्फत धर्म गुरू बचाउ अभिया नै चलाएर आर्थिक संकलन गरिरहेका छन्। अभियान चलाएको पाँच दिनमा पाँच लाख ४० हजार ८०२ रूपैयाँ रकम संकलन भएको अभियन्ता गुरूङले बताए। देश विदेशमा रहेका नेपालीले धेरथोर सहयोग गरिरहेका छन्। 

अहिले नर्बु लामाको उपचार महाबौद्ध गुम्बामै भइरहेको छ। चिकित्सकहरूले बिरामीको निवासमै आएर सेवा दिइरहेका छन्। गुरूङ समुदायको धर्म गुरू लम, क्लेप्री र प्हच्युलाई समस्या पर्दा जस्तोसुकै परिस्थितिमा पनि साथ दिने अभियन्ता गुरूङले बताए।

 ‘हाम्रो धर्म गुरूहरूलाई बचाउने दायित्व हामी सबैको हो,’ उनले भने, ‘त्यसैले अहिले लामा गुरूलाई समस्या पर्दा मात्रै होइन, क्लेप्री या प्हच्यु जो सुकैलाई समस्या पर्दा पनि म अगाडि उभिन्छु।’

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - २०:५७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology