Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनको नारायणगढमा दशै स्नुकर च्याम्पियनसिप आयोजना हुने

चितवनको नारायणगढमा दशै स्नुकर च्याम्पियनसिप आयोजना हुने

images

इच्छाकामना न्युज

१०, आश्विन २०७९
चितवनको नारायणगढमा दशै स्नुकर च्याम्पियनसिप आयोजना हुने
images

भरतपुर । चितवनको नारायणगढमा  ‘दशै स्नुकर च्याम्पियनसिप’ हुने भएको छ । भामोस स्नुकरको सहकार्यमा च्याम्पियनसिप यही असोज ११ गतेदेखि सुरु हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक धम्रेन्द प्रधानले प्रतियोगितामा ६० जनाले नाम दर्ता गराइसकेको जानकारी दिनुभयो । चितवन, नवलपुर लगायतका जिल्लाबाट प्रतियोगीहरु सहभागि हुने उहाँले बताउनुभयो ।  भामोस स्नुकर पुतलीबजार कन्या स्कुल रोडमा प्रतियोगिता चल्नेछ । 

च्याम्पियनसिपबाट हुने मुनाफालाई लागु पदार्थ दुव्र्यसनीहरु विरुद्धको सचेतना अभियानमा खर्चिने संयोजक प्रधानले बताउनुभयो । संयोजक प्रधान पूर्वलागुऔषध प्रयोगकर्ता समेत हुनुहुन्छ । उहाँ आजकल दुव्र्यसनी त्यागेर दुव्र्यसनी विरुद्धको अभियानमा सक्रिय हुनुहुन्छ ।

स्नुकर च्याम्पियनसिपमा प्रथमलाई ५० हजार रुपैयाँ, द्वीतियलाई २५ हजार रुपैयाँ, तृतियलाई १५ हजार रुपैयाँ नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ सहित पुरस्कृत गरिनेछ । 

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०८:२५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology