Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मोबाइल भेटिएपछि हिउँमा पुरिएको भनिएका गोरखा बारपाकका दुई किशोरको घटना थप रहस्यमय बन्दै

मोबाइल भेटिएपछि हिउँमा पुरिएको भनिएका गोरखा बारपाकका दुई किशोरको घटना थप रहस्यमय बन्दै

images

इच्छाकामना न्युज

९, आश्विन २०७९
मोबाइल भेटिएपछि हिउँमा पुरिएको भनिएका गोरखा बारपाकका दुई किशोरको घटना थप रहस्यमय बन्दै
images

गोरखा । मृतक सञ्जय घले(साहिँला)को मोबाइल भेटिएपछि हिउँमा पुरिएर मृत्यू भएका भनिएको बारपाकको घटना थप रहस्यमय भएको छ ।

गत माघ २० गते हिउँ खेल्न गएका बारपाकका १८ बर्षीय करन घले र सञ्जय घले(साहिँला) फागुन १ गते सोम्रेखोलामा मृत अबस्थामा भेटिएका थिए । साहिँलाको सामसुङ ब्राण्डको मोबाइल भने स्थानीय एक शिकारीले गत जेठको चार गते मृतकको आमा बलकुमारीलाई बुझाउन आएका थिए ।

‘हामी शिकार खेल्न जाँदा घटनास्थलमा मोबाइल फेला पा¥यौँ भन्दै उनी मोबाइल बुझाउन आए’, मृतक करण घलेका बुबा डिलबहादुर घलेले भने, ‘जेठमा मोबाइल बुझाए । बुझ्यौँ तर त्यो दिनदेखि मेरो मनमा चिसो पस्यो । उनीप्रति नै शंका, उपशंका उब्जियो । त्यसबेलादेखि म गोप्य रुपमा घटनाको अनुसन्धानमा लागिरहेँ । अस्ति भदौमा मैले के पत्ता लगाएँ भने जो हामीलाई मोबाइल बुझाउन आए, उनी हाम्रा छोराहरु हराएको दिन(माघ २० गते)मा शिकार खेल्न गएका रहेछन् । तर उनले त्यो कुरा ढाँटिरहे । मैले अर्को कुरा पनि पत्ता लगाएँ कि, उनीसित त्यही दिनमा अरु दुईजना पनि शिकार खेल्न गएका रहेछन् । उनीहरुले हाम्रा छोराहरु हिउँ खेलिरहेको थाहा पाएका पनि रहेछन् ।’

आफूले मोबाइलको ल्याब टेस्ट गर्छु भनेपछि मोबाइल बुझाउन आउने ब्यक्ति तर्सिएको, छटपटिएको, दुई हात उठाएर तिमीहरुले मलाई झ्यालखाना पठाउने भयौ भनेर आत्तिएको उनले बताए । त्यसपछि उनले गत भदौको ३ घटनाको छानबीन गरिपाउँ भनेर बारपाक प्रहरी चौकीमा निवेदन दिए । ‘घटनाको सत्यतथ्य अनुसन्धान गरिपाउँ भनेर प्रहरी चौकीमा निवेदन पनि दिएँ । मोबाइल पनि बुझाएँ’, डिलबहादुर घले भन्छन्, ‘प्रहरीले हामी पिडित पक्ष र शंका गरिएको व्यक्तिलाई राखेर दुई(तीनपटक छलफल पनि गरायो, तर उसले स्वीकार गरेको छैन । उसको घर खान्तलासी गर्दा अन्य बन्दुक, बन्दुक बनाउने सामग्री, बारुद, बारुद बनाउने सामग्रीहरु फेला पारेको भनेर उसलाई पक्राउ गरेको छ । त्यो दिनमा संगसंगै शिकार गर्न गएका अरु दुईजनाको साथमा पनि बन्दूक भेटिएको भनेर अरु दुईजनालाई पनि पक्राउ गरेको छ ।’ एउटा घटना छानबीन गर्न निवेदन दिएको तर प्रहरीले अर्कै घटनाको छानबीन गरेको उनको गुनासो छ ।

घटनाको थप खोज अनुसन्धान गरिदिन अनुरोध गर्न आफू जिल्ला प्रहरी कार्यालयमा पनि पुगेको तर बारपाक चौकीले आफूले दिएको निवेदन, मोबाइल र फोटाहरु जिल्ला प्रहरी कार्यालयमा नपठाएको बन्दुकको केस मात्र अघि बढाएको उनले बताएका छन् ।

‘प्रहरीले हातहतियार सम्बन्धी केस मात्र अघि बढाएको रहेछ । हाम्रो गुनासोको सुनुवाइ गरेको रहेनछ’, घलेले भने, ‘तर म कुनैपनि हालतमा यो घटनाको अनुसन्धान गरी टुंगोमा पु¥याउन लगाएरै छाड्छु । मर्न बरु तयार छु, तर टुंगोमा पुगेरै छोड्छु ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार खनालले यस बिषय अनुसन्धानकै क्रममा रहेको बताएका छन् । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - २०:५४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology