Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महङ्गी

महङ्गीका कारण चाडपर्व पनि प्रभावित 

महङ्गीका कारण चाडपर्व पनि प्रभावित 

images

इच्छाकामना न्युज

९, आश्विन २०७९
महङ्गीका कारण चाडपर्व पनि प्रभावित 
images

सजना तिमल्सिना, काठमाडौँ । दसैँ लक्षित लत्ता कपडादेखि खाद्यान्न र अरू सामग्रीको मूल्य गत वर्षको तुलनामा यसपटक बढेको छ । कोरोना महामारी सुरु भएपछि सुरु भएको महङ्गी रुस–युक्रेन युद्धले थप बढाएको छ । त्यसमाथि चीनबाट आउने सामग्रीमा भएको कडाइले यसपटकको दसैँ थप मङ्हगिएको व्यवसायी बताउँछन् ।

नेपाल राष्ट्र बैँकका अनुसार गत वर्षको तुलनामा हरेक सामग्रीमा ८ प्रतिशतले मूल्य बढेको छ । तर वास्तविक बजार त्योभन्दा पनि महङ्गो छ । जसका कारण मध्यम वर्गका परिवारको लागि दसैँ धान्नै नसकिने अवस्थामा पुगेको छ ।

दोलखाका नहकुल कार्की आफ्नो लागिभन्दा पनि छोराछोरीको लागि कपडा किन्ने सोचमा हुनुहुन्छ तर कसरी व्यवस्थापन गर्ने ? उहाँलाई थाहा छैन । ललितपुरका अर्चना घिमिरेले भने यसपाली नयाँ कपडा नकिन्ने योजना बनाउनुभएको छ । सरकार, विश्वबजारमा नै मूल्य बढेकाले नेपालमा मात्रै महङ्गी नियन्त्रण गर्न नसक्ने बताउँछ ।

नागरिक आफैं सचेत बनेर अत्यावश्यक सामान मात्रै खरिद गर्ने, मितव्ययिता अपनाउने तथा आफू र आफ्ना परिवार बालबालिकालाई पनि फजुल खर्च रोक्ने बारेमा सम्झाउनुपर्नेमा जोड दिनुहुन्छ एकजना अर्थविज्ञ केशव आचार्य ।

दसैँमा अनावश्यक किनमेल नगर्ने, माछामासुको उपभोगमा कटौती गर्ने, दक्षिणा भन्दा बढी आर्शिवादलाई महत्व दिने, महङ्गा कपडा र गरगहनाको खरिदमा कमि गर्ने तथा आफ्नो आर्थिक अवस्था अनुसार दसैँ मनाउन सके आर्थिक भार कम गर्न सकिने विज्ञहरू बताउँछन् । 

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०९:१२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology