Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दाङमा राष्ट्रिय परिचयपत्र बनाउनेहरूको भिड,तर मेसिन बिग्रँदा समस्या

दाङमा राष्ट्रिय परिचयपत्र बनाउनेहरूको भिड,तर मेसिन बिग्रँदा समस्या

इच्छाकामना न्युज

८, आश्विन २०७९
दाङमा राष्ट्रिय परिचयपत्र बनाउनेहरूको भिड,तर मेसिन बिग्रँदा समस्या
images

लिला शाह, लमही दाङ । सरकारले हाल राहदानी बनाउनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउन चाहनेहरू बढिरहेका छन् । तर, परिचय पत्र बनाउन देशभरका नागरिकले सास्ती खेपिरहनु परेको छ । विशेष गरि पढाइ, रोजगारी वा अन्य कामको शिलशिलामा विदेश जान चाहनेहरूले द्रूत मार्गबाट परिचयपत्र र राहदानी बनाउन खोज्दा अफ्ठेरो भोगिरहेका छन् ।

images
images

वैदेशिक रोजगारीमा जानका लागि सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरको छ । जसका कारण देशभरका जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा परिचय पत्र लिन चाहने युवाहरूको भिड छ ।

लमहीमा भने परिचय पत्रको अभिलेखिकरण गर्ने कम्युटर स्कृन र स्क्यानर मेसिन बिग्रदा परिचय पत्रबनाउने काम ठप्प भएको छ । जसका कारण सेवा ग्राहीहरू मर्कामा परेका छन् । राष्ट्रिय परिचय पत्र बनाउनका लागि प्रयोग गरिएका मेसिनहरू बिग्रिएमा जिल्लामा बनाउने अधिकार स्थानीय प्रशासनलाई नभएको र बनाउन काठमाडौं पठाउदा ढिलाइ भएको नायब सुब्बा बामदेव गिरीको भनाइ छ ।

लुम्बीनी प्रदेशको राजधानीको केन्द्र रहेको देउखुरी उपत्यका भित्रका ४ वटा पालिकाका नागरिक सेवा लिन इलाका प्रशासन कार्यालयमा आउने गरेका छन् । तर, १५ दिनदेखि मेसिन बिग्रदा दैनिक ५० जनाभन्दा बढी सेवाग्राही परिचयपत्र बनाउन नपाएर फर्किरहेका छन् ।  

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - ०९:२९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology