Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्देमा सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत २१ जनालाई पोषण भत्ता वितरण

तनहुँको म्याग्देमा सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत २१ जनालाई पोषण भत्ता वितरण

बि.बि. श्रेष्ठ

६, आश्विन २०७९
तनहुँको म्याग्देमा सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत २१ जनालाई पोषण भत्ता वितरण
images

तनहुँ । सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत २१ जनालाई पोषण भत्ता वितरण गरिएको छ । थर्पु स्वास्थ्य चौकीको समन्वय र पालिकाको आयोजनामा गाँउपालिका भित्रका स्वाथ्य चौकीमा सुत्केरी भएको महिलालाई अध्यक्ष श्रीप्रसाद श्रेष्ठद्धारा पोषण भत्ता वाडिएको हो ।

images
images

गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सभ्य समाज निर्माण हुनका लागी स्वास्थ्य हुन आवश्यक भएको वताए । स्वस्थ्य वच्चा जन्मनका लागी आमा स्वास्थ्य र वलियो हुन आवश्यक हुन्छ । गर्भवती चरण देखि नै महिला कमजोर हुन्छ । यो वेलामा महिलालाई पोषिलो खानाको आवश्यक हुन्छ ।

306919350_418500436990793_6285781110734432614_n.jpg

महिलालाई स्वास्थ्य रहन वच्चा जन्मनुभन्दा पहिला देखि नै नियमित रुपले पालिकाले सकेको स्वास्थ्य उपचार दिएको र वच्चा जन्मिसकेपछि धेरै पोषिलो खाना खुवाउनेपर्ने हुदाँ गाउपालिकाले सकेको आर्थिक सहयोग गरेको छौ । जसले गर्दा थोरै भएता पनि आर्थिक विपन्नता भएकोको लागी सहयोग पुगेको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।  

308320804_795314241511249_4337049718270177251_n.jpg

गाँउपालिकाले प्रति सुत्केरी ५ हजार र नेपाल सरकारले गर्भवती उत्प्रेरणा अन्र्तगत ८०० र यातायात खर्च दिएका छौ । जनतासँगको सहकार्य हाम्रो पहिलो आधार हो, त्यही अनुरुप हामीले सुत्केरी सँग अध्यक्ष कार्यक्रम ल्याएका हौ । सुत्केरी पोषण भत्ता र यातायात खर्चले निम्न वर्गका लागी केही भएपनि राहत हुने अध्यक्ष श्रेष्ठले विश्वास गर्नुभयो । 

यसैगरि गाँउपालिकाले गर्भवती हुनका लागी घरवाट चौकीसम्मको एम्वुलेन्सको व्यवस्था र चौकीमा सुत्केरी हुन नसकेमा पोखरा सम्मको एम्वुलेन्स सेवा पनि निशुल्क दिदै आएको अध्यक्ष श्रेष्ठले वताए । 

थर्पु स्वास्थ्य चौकीका सिनियर अहेव सुर्य श्रेष्ठले संचालन गरेको कार्यक्रममा ०७९ श्रावण देखि हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका २१ जना महिलाहरुलाई पोषण र यातायात खर्च प्रदान गरिएको हो ।  

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - २१:४७:२८ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology