देवचन्द्र भट्ट, नुवाकोट । अवैध रुपमा भारत पु¥याइएका नुवाकोटका बालकहरूको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । सदरमुकाम विदुरदेखि किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर अभिभावकको जिम्मा लगाइएको हो ।
गत भदौ ७ गते नेपालबाट अवैध रुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते ती बालकको उद्धार गरिएको थियो । नुवाकोट घर भएका १० र रसुवा घर भएका पाँच जना बालकलाई नुवाकोट प्रहरीको रोहबरमा उद्धार गरेर ल्याउने संस्था शान्ति पुनः स्थापना गृहले अभिभावकलाई बुझाएको हो ।
कैलाली घर भएका एक बालकको अभिभावक ललितपुर बस्ने भएकाले सोही स्थानमा नै लगेर जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमिराज भट्टराईको भनाइ छ । तीन साता अघि भारतमा उद्धार गरिएका ती बालकलाई नेपाल प्रहरी र भारतीय राजदुतावासको सहयोगमा कर्नाटकबाट नेपाल फर्काइएको थियो ।
गुम्बामा लामा अध्ययन गराउने भनेर लैजान लागेका बालक अलपत्र परेको खबर प्राप्त भएपछि उनीहरुलाई लैजाने किस्पाङ गुम्बाका प्रतिनिधि र अभिभावकबाट विवरण लिएर बालकलाई सामाजिक संस्थामार्फत उद्धार गरी घर फर्काइको हो ।