Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपा भित्रको विवादलाई लिएर संसद् विघटन गर्नु गलत भएको प्रचण्डको भनाइ 

नेकपा भित्रको विवादलाई लिएर संसद् विघटन गर्नु गलत भएको प्रचण्डको भनाइ 

images

इच्छाकामना न्युज

१३, पौष २०७७
नेकपा भित्रको विवादलाई लिएर संसद् विघटन गर्नु गलत भएको प्रचण्डको भनाइ 
images

काठमाण्डौ, १३ पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरी संघर्षबाट प्राप्त उपलब्धिलाई खतरामा पारेको बताउनुभएको छ । ७० वर्ष लडेर प्राप्त गरेको उपलब्धि माथि कम्युनिष्ट पार्टी भित्रैबाट क्रुर प्रहार भएको उहाँले बताउनुभयो । 
पार्टीको भातृ संगठनले आज पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममाप्रचण्डले  कम्युनिष्ट पार्टी भित्र ठूलो सांस्कृतिक, वैचारिक विचलन देखापरेको धारणा राख्नुभयो । ७० वर्ष लडेर ल्याएका उपलब्धि माथि क्रुर प्रहार भएको प्रचण्डको टिप्पणी थियो । २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएको र त्यसको दुरुपयोग भएको कुराबाट शिक्षा लिएर अहिलेको संविधानमा त्यो अधिकार कटौती गरिएको अध्यक्ष प्रचण्डले बताउनुभयो । नेकपा भित्रको आन्तरिक विवादलाई लिएर संसद् विघटन गर्नु गलत भएको उहाँको भनाइ थियो । 
प्रधानमन्त्री ओलीले आफूसँग संवैधानिक रूपमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेकाले संसद् जीवित रहेको दाहालको भनाइ थियो । संसद् विघटनको असंवैधानिक कदम चालेको ओलीको सरकार विघटन भएको प्रचण्डले बताउनुभयो । 

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - १९:३०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology