Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चिनियाँ टोलीद्धारा राजनितिक भेटघाट जारी  

चिनियाँ टोलीद्धारा राजनितिक भेटघाट जारी  

images

इच्छाकामना न्युज

१३, पौष २०७७
चिनियाँ टोलीद्धारा राजनितिक भेटघाट जारी  
images

काठमाण्डौ, १३ पुस । चिनियाँ कम्युनिस्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले राजनितिक भेटवार्ता जारी राखेको छ । आज चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेटेको छ । 
प्रचण्डलाइ उहाँकै निवास खुमलटारमा र नेपाललाई बानेश्वर स्थित एभरेस्ट होटलमा भेटेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले प्रचण्डलाइ भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए । 
भेटमा पछिल्लो विकसित राजनीतिक विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । टोलीले आज नै वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट्ने छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजन भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी अहिले सक्रिय बनेको छ ।

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - १९:२८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology