Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भवन निर्माण भएको ६ वर्षमा पनि रकम नपाएको कालिकोटका कामदारको गुनासो 

भवन निर्माण भएको ६ वर्षमा पनि रकम नपाएको कालिकोटका कामदारको गुनासो 

इच्छाकामना न्युज

१, आश्विन २०७९
भवन निर्माण भएको ६ वर्षमा पनि रकम नपाएको कालिकोटका कामदारको गुनासो 
images

जीवन कैला, कोल्टी बाजुरा । कालिकोटको पलाँता गाउँपालिकाका ३० जना कामदारले काम गरेको ६ वर्ष बितिसक्दा पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

images
images

गाउँपालिकाको वडा नं. एकको वडा कार्यालयको भवन निर्माण काम गरेका ३० जनाभन्दा बढी कामदारले पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।

वडा नं. एक पुलाहाका स्थानिय कामदारलक्ष्मण बुढाले स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकालमै निर्माण सम्पन्न भएपनि कामदारले पारिश्रमिक नपाएको बताउनुभयो । उहाँका अनुसार भवन निर्माण कार्यमा सम्पन्न ३० भन्दा बढी कामदारको १० लाख बराबरको रकम बाँकी रहेको पनि बताउनुभयो ।

वडा कार्यालय निर्माणको ठेक्का लिएका ठेकेदार जैदन कार्कीले गाउँपालिकाबाट रकम भुक्तानी लिइसकेको भएपनि कामदारलाई वितरण नगरेको उहाँको भनाइ छ । कामदारले रकम नपाएको गुनासो विभिन्न ठाउँमा राखेपनि कतैबाट सुनुवाई नभएको पनि बुढाले बताउनुभयो । 

images
प्रकाशित मिति :आश्विन १, २०७९ शनिवार - ०९:११:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology