Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

थारु महिलाहरुको पर्व ‘जितिया’मा चितवनको माडी नगरपालिकाले दियो सार्वजनिक बिदा

थारु महिलाहरुको पर्व ‘जितिया’मा चितवनको माडी नगरपालिकाले दियो सार्वजनिक बिदा

images

इच्छाकामना न्युज

३०, भाद्र २०७९
थारु महिलाहरुको पर्व ‘जितिया’मा चितवनको माडी नगरपालिकाले दियो सार्वजनिक बिदा
images

चितवन । थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ पर्वको अवसरमा चितवनको माडी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । भदौ २१ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार जितिया पर्वको दिन नगरभित्र सार्वजनिक बिदाई दिएको नगरपालिकाद्धारा आज जारी सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालद्धारा जारी सूचनामा भनिएको छ–‘आदिवासी थारु जातिलगायतको विशेष चाड जितिया पर्वको अवसरमा असोज २ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सो दिन माडी नगरभित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरु एवं शिक्षण संस्थाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।’

चितवनका थारु समुदायहरुमा अहिले जितियाको रौनक छाइसकेको छ । असोज १ र २ गते थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउँदै छन् । माडी नगरपालिकामा थारु समुदायको बाहुल्यता रहेको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७९ बिहिवार - १४:१४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology