Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बागमती प्रदेशस्तरीय भलिबल खेलाडी छनौट चितवनमा सुरु

बागमती प्रदेशस्तरीय भलिबल खेलाडी छनौट चितवनमा सुरु

images

इच्छाकामना न्युज

२८, भाद्र २०७९
बागमती प्रदेशस्तरीय भलिबल खेलाडी छनौट चितवनमा सुरु
images

चितवन । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय पुरुष भलिबल खेलाडी छनौट सुरु भएको छ । प्रथम बागमती प्रदेश प्रतियोगिताबाट छनौट भएका ४० खेलाडीबाट राष्ट्रिय खेलकुदका लागि अन्तिम खेलाडी छनौट सुरु भएको हो ।

प्रदेशका १३ जिल्लाका ४० खेलाडीमध्ये पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि १२ जनामात्रै खेलाडी छनौट गरिने प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिनुभयो ।

पुरुष भलिबलतर्फ प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगितामा चितवनका मात्रै १७ खेलाडी सहभागी छन् भने बाँकी १२ जिल्लाबाट २३ खेलाडी सहभागी छन् । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले पुरुष भलिबल छनौट प्रतियोगिताको सोमबार उद्घाटन गर्नुभएको थियो

उहाँले खेलकुदको विकासका लागि बागमती प्रदेश सरकारले विभिन्न योजनाहरु बनाएर काम गरिरहेको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटनसत्रमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङ, भरतपुर महानगर खेलकुद विकास समिति संयोजक विकास गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले गर्नुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०९:०१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology