Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

चितवनमा बलात्कार मुद्दाका फरार प्रतिवादी डेढ वर्षपछि पक्राउ

चितवनमा बलात्कार मुद्दाका फरार प्रतिवादी डेढ वर्षपछि पक्राउ

इच्छाकामना न्युज

२७, भाद्र २०७९
चितवनमा बलात्कार मुद्दाका फरार प्रतिवादी डेढ वर्षपछि पक्राउ

चितवन । जबरजस्ती करणी (बलात्कार) मुद्धाका फरार प्रतिवादीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्धामा दोषि ठहर भई नौ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएपछि फरार रहँदै आएका राप्ती नगरपालिका–७ बस्ने ७४ वर्षीय चेतनाथ डल्लाकोटीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

images

चितवन जिल्ला अदालतको २०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौंडा इजलासको २०७७ चैत १२ गतेको फैसलाले डल्लाकोटीलाई दोषी ठहर गरेको थियो । इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले निजलाई पक्राउ गरी कैद तथा क्षतिपूर्ती भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - ०९:३६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology