Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आगामी असोज १ गते चितवनमा गुरूङ चलचित्र ‘नैना’ प्रदर्शन हुने

आगामी असोज १ गते चितवनमा गुरूङ चलचित्र ‘नैना’ प्रदर्शन हुने

इच्छाकामना न्युज

२६, भाद्र २०७९
आगामी असोज १ गते चितवनमा गुरूङ चलचित्र ‘नैना’ प्रदर्शन हुने

भरतपुर । गुरूङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘नैना’लाई चितवनमा पनि प्रदर्शन गर्ने भएको छ। दीप गुरूङको निर्देशनमा तयार भएको चलचित्रलाई गोरखाली तमू समाज, भरतपुर–११ गोरखाली टोल र पश्चिमाञ्चल कल्चरण सेन्टर प्रालिले संयुक्तरूपमा आउँदो असोज १ गते प्रदर्शन गर्न लागेको हो। एलिना गुरूङ, सुकमान गुरूङ र दीप गुरूङद्वारा निर्मित चलचित्रको कथा तथा पटकथा भने जनक गुरूङले लेखेका हुन्।

images

नारायणी कला मन्दिरमा दिउँसो १२–०३ र ०३–०६ गरी दुईवटा शो प्रदर्शन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। गोरखाकै विभिन्न स्थानमा छायांकन गरिनुका साथै गुरूङ संस्कृति र संस्कारलाई कलामार्फत बाहिर ल्याउने प्रयास गरिएको हुँदा यसको संरक्षणको लागि पनि दुई संस्था मिलेर प्रदर्शन गर्न लागेको कार्यक्रम संयोजक एवम् क्ल्हेप्री खेगी चित्र गुरूङले जानकारी दिए।

आधुनिकतासँगै व्यावहारिकरूपमा मौलिक संस्कृति बिस्तारै हराउँदै जान थालेकोले संस्कृति समेटिएको चलचित्रलाई प्रोत्साहन गर्न पनि प्रदर्शनको जिम्मा लिइएको उनले बताए। आफ्नो जातिको कला र संस्कृति संरक्षणको लागि चितवन र आसपासका क्षेत्रमा बसोबास गर्ने गुरूङ तथा गुरूङ संस्कृतिप्रति चासो राख्ने सबैलाई चलचित्र हेरेर प्रतिक्रिया दिनसमेत उनले आग्रह गरे। जातीय संस्कार र संस्कृतिमा निर्मित कुनै पनि चलचित्र ठूलो पर्दामा प्रदर्शन गर्न सम्भव नहुने हुँदा यस्तै विभिन्न शोमार्फत प्रदर्शन गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

सुरज गुरूङ, आनन गुरूङ र लक्ष्मी गुरूङको मुख्य भूमिका रहेको चलचित्रमा सीता गुरूङ, टेकबहादुर गुरूङ, एलिना गुरूङ, सुकमान गुरूङ, हरिमाया गुरूङ, कुमार घले, सविन गुरूङ, रञ्जन पाण्डे, आइतराम गुरूङ, शर्मिला गुरूङ, बबिता गुरूङ, सुस्मिता गुरूङलगायतका कलाकारहरूले पनि अभिनय गरेका छन्।

गत भदौ १८ गते काठमाडौँ जमलमा प्रदर्शन गरिएको चलचित्र ‘नैना’ भदौ २५ गते तनहुँको आँबुखैरेनीमा प्रदर्शन भएपश्चात असोज १ गते चितवनमा प्रदर्शन गर्न लागेको कार्यक्रम संयोजक गुरूङले जानकारी दिए।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - २२:२७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology