Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गितल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँको अध्यक्षमा पुनः आकाश अधिकारी निर्वाचित

गितल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँको अध्यक्षमा पुनः आकाश अधिकारी निर्वाचित

इच्छाकामना न्युज

२५, भाद्र २०७९
गितल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँको अध्यक्षमा पुनः आकाश अधिकारी निर्वाचित
images

तनहुँ । गितल प्रतिष्ठान तथा नाटक मञ्चको अध्यक्षमा पुनः आकाश अधिकारी निर्वाचित भएका छन् । शनिवार दमौलीमा सम्पन्न छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अधिकारीलाई दोस्रो कार्यकालको लागि पुन अध्यक्षमा निवार्चित गरेको हो । 

images
images

त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा दिवाकर भट्टराई, उपध्याक्षमा शान्ता बास्तोला, सचिबमा माधब प्रसाद अधिकारी, सह–सचिबमा कल्पना घिमिरे, कोषाध्यक्षमा हरिश्चन्द्र वाग्ले रहेका छन् । सदस्यहरुमा अन्जना तिमल्सिना, शिव आर्य, बन्धुराज अधिकारी, याम प्रसाद सापकोटा र सुदिप पौडेल निर्वाचित भएका छन् ।  

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले तनहुँमा सेलाउदै गएको साहित्यक गतिविधिलाई गितल प्रतिष्ठानले बिउत्याउने काम गरेको बताए ।

तनहुँमा साहित्यको लामो इतिहास भएर पनि पर्याप्त अभ्यास नहुदा साहित्य क्षेत्रको बिकास अपेक्षित रुपमा हुन नसकेको उनको भनाइ थियो । जिल्लाका साहित्य  सम्वद्र्ध संघसंस्था चलायनमान नहुदाँ साहित्यिक गतिविधि कम हुने गरेको बताउदै उनले अब साहित्यको माध्यमबाट राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा तनहुँको पहिचान स्थापित गराउनु पर्नेमा जोड दिए । 

प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा साहित्यिक एवम् राजनीतिक ब्यक्तित्वहरु श्रीराम कार्की,  प्रगतिशील लेखक सघ तनहुँकी अध्यक्ष कल्पना पौडेल, समाजसेवि भाग्यशाली ढुगांना, प्रतिष्ठानका पूर्व अध्यक्ष शंकरराज नहर्की, साहित्यकार राजु दाहाल, कल्पना घिमिरे ,माधब अधिकारी, यामप्रसाद सापकोटा, हरिश्चन्द्र वाग्ले, शिव आर्य, अन्जना तिमल्सिना लगायतले तनहुँ साहित्यको उर्वर भूमि भएपनि  अपेक्षित बिकास नभएको बताएका थिए । 
निरन्तर साहित्यिक गतिविधि सञ्चालन गरी राष्ट्रिय साहित्यमा योगदान पुग्ने गरी सर्जक र संस्था दुबै लाग्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । 

कार्यक्रममा स्वागत सहसचिव शान्ता बास्तोलाले गरेकी थिइन भने कार्यक्रमको सहजीकरण सचिव दिवाकार भट्टराईले गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - २३:११:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology