Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आजदेखि चितवनमा सर्वाधिक राशीको चितवन गोल्डकप सुरु हुँदै

आजदेखि चितवनमा सर्वाधिक राशीको चितवन गोल्डकप सुरु हुँदै

इच्छाकामना न्युज

२५, भाद्र २०७९
आजदेखि चितवनमा सर्वाधिक राशीको चितवन गोल्डकप सुरु हुँदै
images

चितवन । चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल आज (शनिबार) देखि सुरु हुँदैछ । भरतपुर फुटबल क्लबको आयोजनामा चितवनमा सर्वाधिक राशीको गोल्डकप हुन लागेको हो ।

images
images

असोज ३ गतेसम्म चल्ने गोल्डकपको तयारी पुरा भएको संयोजक धुर्व भुसालले जानकारी दिए । गोल्डकप अवलोकन गर्न दर्शकका लागि अस्थाई प्याराफिट निर्माण गरिएको छ । चार हजार दर्शकले अवलोकन गर्न सक्ने गरी प्याराफिट निर्माण गरिएको भुसालले बताए ।

यस्तै मैदान सम्याउनेलगायतका अन्य सम्पूर्ण तयारी पनि पुरा भएको उनले बताए । हाम्रो तयारी पुरा भएको छ । मैदान तयार छ । ६ लाख बढी खर्चमा चार हजार क्षमताको प्याराफिट निर्माण गरेका छौं,भुसालले भने । गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र भारतको मोतिहारी एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् । त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ)मनाङ एफसी, भरतपुर फुटबल क्लब, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जन जागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । दर्शकका लागि क्वाटरफाइनलसम्म एक सय र सेमिफाइनल र फाइनलका लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - ११:१०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology