Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

साढे २ वर्षभन्दा धेरै समयदेखि नेपालमा कोरोनाको सङक्रमण कायमै 

साढे २ वर्षभन्दा धेरै समयदेखि नेपालमा कोरोनाको सङक्रमण कायमै 

images

इच्छाकामना न्युज

२४, भाद्र २०७९
साढे २ वर्षभन्दा धेरै समयदेखि नेपालमा कोरोनाको सङक्रमण कायमै 
images

निरु थापा, बुटवल । बालबालिकामा मोबाइलको मोह बढ्दै गएपछि अभिभावकहरू चिन्तित बनको छन् । यसको मुख्य कारण कोरोनालाई मानिएको छ । कोरोना सङ्क्रमणका कारण साढे २ वर्षभन्दा धेरै समय इन्टरनेटको सहायतामा मोबाइल, ल्यापटपबाट अध्ययन गरेका थिए । तर हिजोआज भौतिक रुपमा कक्षा सुरु भइसक्दा उनीहरूको मोबाइलमा लागेको लत छुट्न सकेको छैन ।

बालबालिकामा लागेको मोवाइलको लतका कारण पढाइ बिग्रने डर बढेको रुपन्देही तिलोत्तमा ७ का  गीताभट्टराईले बताउनुुभयो । विद्यार्थीहरूको रुचि, पाठयपुस्तकबाट मोबाइलतर्फ केन्द्रित हुदाँ गृहकार्यसमेत नगरी विद्यालय आउन थालेको शिक्षकहरू बताउँछन् । कोरोना  महामारीपछि विद्यार्थीको पढाइमा मात्रै होइन, आँखामा समेत समस्या देखिने क्रम बढेको छ ।

शारीरिक र मानसिक समस्या लिएर  आउने अभिभावकको सङ्ख्या बढेको एकजना बाल रोग  विशेषज्ञ डा. सन्तोष पोखरेलले बताउनुभयो ।

कोरोनाको समयमा भौतिक रूपमा पढ्न नपाएका कारण नतिजा राम्रो नआएको अनुभव कतिपय अभिभावकसँग छ । बालबालिकाले पढाइमाभन्दा मोबाइलमा ध्यान दिने बानी हटाउनका लागि अभिभावकले उनीहरूसँग धेरै समय बिताउनुपर्ने पनि विज्ञहरूको जोड छ । 

images
प्रकाशित मिति :भाद्र २४, २०७९ शुक्रवार - ०९:३१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology