Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

ई–कमर्स साथीको शुभारम्भ

ई–कमर्स साथीको शुभारम्भ

images

इच्छाकामना न्युज

२३, भाद्र २०७९
ई–कमर्स साथीको शुभारम्भ
images

विवि श्रेष्ठ, पोखरा । नयाँ पुस्तालाई प्रविधिमा अभ्यस्त वनाउने र डिजिटलाईजेशन वनाउने उद्येश्य स्वरुप खोलिएको ई–कमर्सको पोखराको रानीपौवामा शुभारम्भ भएको छ । संस्थाको अध्यक्ष विजय कुमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख शुरेश कुमार श्रेष्ठले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको थियो । 

मोवाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, वेभसाईट डिजाईन, ग्राफिक डिजाईन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्ने संस्थाले जनाएको छ । यसका अलवा डिजिटल मार्केटिङ्ग तालिम, वेभसाईट डिजाईन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ईकमर्श विजनेश र ग्राफिक्स डिजाईन सम्वन्धि तालिम समेत दिनेछ । यसका साथै वस्तुको विक्री वितरणको प्रक्रिया पनि थालिएको संस्थाले जनाएको छ । गुणस्तर समानको विक्री तथा खरिद डिजिटल माध्यामवाट गरिनेछ । अवको प्रतिष्पर्धा भनेको प्रविधिको प्रतिष्पर्धा हो । यसमा टिक्नका लागी पनि प्रविधिको युगमा पुग्नुपर्ने अध्यक्ष कुमालले वताए। 

हालसम्म करिव २२०० जनालाई तालिम दिईएको र त्यसमा पनि ८६० जना योग्य व्यक्तिहरु उत्पादन भईसकेको समेत अध्यक्ष कुमालले वताए । यहाँवाट उत्पादन भएको जनशक्तिहरु दक्ष र स्वनिर्भर वनेको छ । यसमा नै गर्व लागेको छ । ८६ प्रतिशत व्यक्तिहरु पुन अन्य डिजिटल प्रविधिमा अभ्यस्त हुन सम्पर्कमा आएको हुदाँ पुनः सम्पर्क नै आफनो सफलता भएको समेत वताए । 

कार्यक्रम उद्घाटन गर्दे प्रमुख अतिथी श्रेष्ठले ई–कमर्स साथीको सेवा र गुणस्तर अत्यन्तै राम्रो भएको वताए । युवाशक्तिले नै समाज परिवर्तनमा मुख्य भुमिका खेल्ने उदारहण हुन्, विजय कुमाल र ममता शाह, प्रमुख अतिथी श्रेष्ठले भने । विभिन्न प्रतिष्ठीत संस्थाको मोवाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, वेभसाईट डिजाईन, ग्राफिक डिजाईन, सोसल मिडिया म्यानेजमेन्ट मार्केटिङ, व्यवस्थापन, वेभ म्यानेजमेन्ट, डिजाईनले पोखरेलीको ध्यान खिचेको हुदाँ कुमाल र ममता शाहको कर्मले आफुलाई सन्तुष्ट दिएको समेत वताए । 

सिभिल ईन्जिनियरिङ्ग सकेर डिजिटलको मार्केटिङ्ग हुदै व्यवसायमा लागेको कुमालले सवैको साथ र सहयोगले आफुले समाजलाई प्रविधि मैत्री वनाउन भुमिका खेल्ने वताए । कुनै न कुनै माध्यामवाट आमजनता डिजिटल प्रविधिमा लागेको हुदाँयसको सफल प्रयोगले आत्मनिर्भर वन्न सकिने समेत वहाँले वताए । 

देश तथा विदेशका साथीहरु पनि विभिन्न माध्यामवाट सम्पर्कमा आएको वताउदै भौतिक कक्षा र अनलाईनवाट कक्षा दिईएको पनि अर्का संचालिका ममता शाहले वताईन । संस्थाले शुभारम्भको अवसरमा सेवामा ६०% र तालिममा ३० प्रतिशत विशेष छुट दिनेछ ।

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १०:२४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology