Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवन सहित धादिङ र मकवानपुरका चेपाङहरुले भरतपुरमा जम्मा भै मनाए न्वाङगी पर्व

चितवन सहित धादिङ र मकवानपुरका चेपाङहरुले भरतपुरमा जम्मा भै मनाए न्वाङगी पर्व

images

इच्छाकामना न्युज

२२, भाद्र २०७९
चितवन सहित धादिङ र मकवानपुरका चेपाङहरुले भरतपुरमा जम्मा भै मनाए न्वाङगी पर्व
images

भरतपुर । चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व मनाएका छन् । भरतपुरमा चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लाका चेपाङहरु भेला भएर न्वाङगी मनाएका हुन् । भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो वर्ष फलेका नयाँ अन्न, फलफुलहरु पितृ तथा देवीदेवतालाई चढाएर मात्रै खाने प्रचलन रहेको छ । 

नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले पान्देबाट आर्शिवाद लिने र नयाँ अन्न तथा फलफुलहरु चढाएर रमाइलो गरिने बताए। घैया धान, मकै, कोदो, पीडालु, कन्दमुल, घिरौला, फर्सि, निमुवा, वामरी लगायतका अन्न तथा फलफुलहरु जम्मा पारेर पान्देले ड्याङग्रो बजाउँदै पुजा गर्ने गर्छन् । पूर्णिमा तिथिलाई आधार मान्दा पर्व मनाउदा एकरुपता नहुने भएरै नेपाल चेपाङ संघले भदौ २२ मै न्वाङगी पर्व मनाउने निर्णय ७ वर्ष पहिले गरेको थियो । 

cheapang223.jpg

नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले बागमती प्रदेश सरकारले न्वाङगी पर्वमा सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गरे। 

कालिका–८ भोर्लेघारीका रामजीमाया चेपाङले दाजुभाई, आफन्तीहरु मिलेर न्वाङगी फलाक्ने र समूहगत रुपमै पर्व मनाउने प्रचलन रहेको बताए । ८ वर्ष देखि पुरोहितको काम गर्दै आउनुभएका भोर्लेघारीकै मानबहादुर चेपाङले नयाँ अन्न तथा फलफुलहरु नचढाई खान नहुने मान्यता रहेको बताए । 

IMG_2037.jfif

राप्ती–१० कोराकाका मिलन चेपाङले युवा पुस्ताहरु समेत चेपाङ संस्कृति जगेर्ना गर्न सक्रिय बन्नुपर्ने बताए । बागमती प्रदेश सरकारले न्वाङगी पर्वको अवसर पारेर आज चितवन, मकवानपुर र धादिङमा सार्वजनिक विदा दिएको थियो ।

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - २१:४२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology