Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पोखरामा अमेरिकाबाट आएकी श्रीमतीको ९ दिनमै श्रीमान्ले गरिदिए विभत्स हत्या, श्रीमान्ले गरे आत्महत्या प्रयास

पोखरामा अमेरिकाबाट आएकी श्रीमतीको ९ दिनमै श्रीमान्ले गरिदिए विभत्स हत्या, श्रीमान्ले गरे आत्महत्या प्रयास

images

इच्छाकामना न्युज

१८, भाद्र २०७९
पोखरामा अमेरिकाबाट आएकी श्रीमतीको ९ दिनमै श्रीमान्ले गरिदिए विभत्स हत्या, श्रीमान्ले गरे आत्महत्या प्रयास
images

पोखरा । नौ दिन अघि अमेरिकाबाट नेपाल आएकी आफ्नी श्रीमतीको हत्या गरेर पोखराका एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर १४ छिनडाँडा घर भएका ४६ वर्षीय लोकबहादुर गुरूङले आफ्नी ४४ वर्षीया श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरी हत्या गरेर आत्महत्याको प्रयास गरेका हुन्।

अत्याधिक मादक पदार्थ सेवन गर्ने लत भएका लोकबहादुरले शुक्रबार बिहान ८ बजे आफ्नी श्रीमाती विमलालाई खुकुरी प्रहार गरेर घाइते बनाएपछि आफुले आफैलाई पेटमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी बिमला र आफैले पेटमा खुकुरी घोपेर घाइते भएका लोकबहादुरलाई प्रहरीले उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको बताइएको छ।

उपचारका लागि अस्पताल ल्याइएकी विमलाको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको र लोकबहादुरको चिन्ताजनक अवस्थामा सोही अस्पतालमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। घाइते लोकबहादुरको पेटमा गहिरो चोट लागेको अवस्थामा उपचार भैरहेको उनका आफन्तले बताए ।

तीन छोराकी आमा बिमला गएको भदौ ९ गते मात्र अमेरिकाबाट पोखरा घर आएकी थिइन् भने तीज मान्न लोक बहादुरकी बहिनी स्याङजाबाट पोखरा आएकी थिइन्।

घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - २२:१५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology