भरतपुर । भरतपुर २ क्षेत्रपुर को चन्द्र एकता मगर समाजको अध्यक्षमा लाल बहादुर थापा मगर चयन भएको छन ।
चन्द्र एकता मगर समाजको आज ३२औ वर्षिक साधारण सभा तथा दशौ अबिधेशन वाट थापा मगर लाई सर्वसम्मत चयन गरेको छ । थापा मगर यस अघि समाजको वरिष्ठ उपाध्यक्ष रहेका थिए । अधिबेशनले मगरको अध्यक्षता मा १५ सदस्यिय कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित सम्पुर्ण कार्यसमितीहरुले आजै सपथ ग्रहण गरेका छन ।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवम निर्वाचन संयोजक नेपाल मगर संघ जिल्ला समन्वयन समिती चितवनका अध्यक्ष ठाकुर आले मगरले सपथ ग्रहण गराएका हुन । कार्यक्रममा बोल्दै मगर ले यस अघिको अध्यक्षले जसरी चन्द्र एकता मगर लाई उत्साह पुर्वक एवम अनुशासन ढंग ले आज अगाडी बढाएको छ यसरि नै नवनिर्वाचित कार्यसमितीले पनि अझै राम्रा कामहरु गर्दै लैजाने साथै पुराना कार्यसमितीले गर्दै गरेका अधुरा कामहरु प्नि पुरा गर्दै जाने छ भन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
साधारण सभा तथा अबिधेशन दुई चरण मा सम्पन्न गरिएको थियो । पहिलो खुल्ला सत्रमा नै कोषाध्यक्ष राम कुमार थापा मगर ले आर्थिक प्रतिवेदन तथा सचिव पंकज थापा मगर ले प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो । सो प्रतिवेदन अधिबेशन ले सर्वसम्मत पास समेत गरेको छन । कार्यक्रममा समाजका पुर्व अध्यक्ष हरु लाल बहादुर थापा मगर ,एक बहादुर आले मगर लगायत ले शुभकामना मन्तव्य राख्नु भएके थियो ।
नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनका अध्यक्ष ठाकुर आले मगरको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष ओम प्रकाश थापा मगरको अध्यक्षता मा भएको थियो ।