Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सिन्धुपाल्चोकका ४६ विद्यालयहरूमा नर्सको व्यवस्था, कार्यक्रम प्रभावकारी बन्दै 

सिन्धुपाल्चोकका ४६ विद्यालयहरूमा नर्सको व्यवस्था, कार्यक्रम प्रभावकारी बन्दै 

images

इच्छाकामना न्युज

१७, भाद्र २०७९
सिन्धुपाल्चोकका ४६ विद्यालयहरूमा नर्सको व्यवस्था, कार्यक्रम प्रभावकारी बन्दै 
images

सागर खड्का, सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारले चलाएको एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपछि सिन्धुपाल्चोकका विद्यार्थीलाई सहज भएको छ । पढाई भइरहेकै बेलामा सामान्य चोटपटक लाग्दा वा स्वास्थ्यमा सामान्य समस्या हुँदा पढाइ नै छोडेर घर जानुपर्ने बाध्यता रहे पनि यो कार्यक्रमपछि अधिकांश विद्यार्थीको पढाइ छुटेको छैन ।

विद्यालयमै नर्सको व्यवस्था भएपछि कक्षा छुटेको छैन भने कोही बिरामी भए आराम कक्षको सुविधा छ भने महिनावारी भइ हालेमा विद्यालयमै सेनेटरी प्याड उपलब्ध छ । कसैलाई चोटपटक लागे विद्यालयमै प्राथमिक उपचार हुन्छ ।

सम्बन्धित व्यक्तिबाटै स्वास्थ्य र सरसफाईबारे जानकारी पाउन थालेपछि विद्यार्थी पनि सचेत बन्न थालेको विद्यालयका नर्स अस्मिता केसीले बताउनुभयो । विद्यार्थीको उपचार मात्र नभइ फोहोर व्यवस्थापन, वातावरणीय सरसफाइ, पोषण, व्यक्तिगत सरसफाइ लगायतमा पनि सुधार भएको छ ।

हालसम्म जिल्लाका ४६ वटा माध्यमिक विद्यालयहरूमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा छ । प्राथमिक उपचारको सामग्री तथा औषधिसहित विद्यालयमा नियमित खटिने नर्सले समुदायमा नै स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन मद्दत पुगेपछि मुलुकभरकै विद्यालयमा अनिवार्य नर्सको व्यवस्था हुनुपर्ने आवाज पनि उठिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०९:१३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology