Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैतडीको गाउँबस्तीका सडकमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण 

बैतडीको गाउँबस्तीका सडकमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण 

इच्छाकामना न्युज

१७, भाद्र २०७९
बैतडीको गाउँबस्तीका सडकमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण 
images

डम्बरबाबु बोहरा, बैतडी । बाढी र पहिरोका कारण बैतडी जिल्लाको गाउँबस्तीका सडकहरू बर्खामा जोखिमपूर्ण हुने गरेका छन् । तर यात्रा नगरि नहुने भएकाले नागरिकहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  

images
images

वातावरणिय प्रभाव मूल्याङकन नगरि बैतडीका स्थानीय तहहरूले पाँच वर्षको अवधिमा झन्डै दुई हजार किलोमिटर सडक विस्तार गरेका छन् । जसका कारण गाउँका सडकहरू व्यवस्थित छैनन् ।

वर्षाका कारण ग्रामिण कच्ची सडकहरू जोखिमपूर्ण बनेका छन् । बिग्रिएका सडक स्तरोन्नतीमा भने सरकारले ध्यान नदिएको सिगास २ का जस्वीर सिंह बोहराले गुनासो गर्नुभयो ।

गत आर्थिक वर्षमा बैतडीका ग्रामिण सडकमा विभिन्न १३ सवारी साधन दुर्घटना भएका थिए । संविधान अनुसार स्थानीय सडक, ग्रामीण सडक र कृषि सडक निर्माणको क्षेत्राधिकार स्थानीय तहलाई छ ।

आफ्नो अधिकार प्रयोग गर्दै सडक विस्तार गर्ने क्रम बढेको भए पनि ग्रामिण सडकहरू व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ ।

सतबाझ–श्रीभावर, ढोल्यामोड–पुर्चाैडी हाट, दुदिलाखान गाजँरी थलाकाडा, देहीमाण्डौ मेलौली लगायतका अन्य शाखा सडकहरू अहिले हिलाम्मे छन् । 

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०९:१०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology